अठार महिनामा पाँचौँपटक विश्वासको मत लिँदै प्रधानमन्त्री

काठमाडौँ, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १८ महिनामा पाँचौँपटक विश्वासको मत लिँदै हुनुहुन्छ ।

पछिल्लोपटक उहाँलाई समर्थन गरेको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले समर्थन फिर्ता लिएपछि भोलि असार २८ गते बस्ने प्रतिनिधिसभा बैठकमा उहाँले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लाग्नुभएको हो ।

प्रधानमन्त्री दाहालले असार २८ गतेको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा विश्वासको मतसम्बन्धी प्रस्ताव समावेश गर्ने व्यवस्थाका लागि सङ्घीय संसद्लाई लिखित आग्रह गरिसक्नुभएको छ ।

नेपालको संसदीय इतिहासमा यसरी प्रधानमन्त्रीले डेढ वर्षमै पाँचौँपटक विश्वासको मत लिनुपरेको सम्भवतः यो पहिलो घटना हो । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र एमालेले यही असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेसंगै प्रधानमन्त्री दाहाल अल्पमतमा पर्नुभएकाे थियाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *