सुन्धाराबाट स्रोत नखुलेको ३८ लाख रूपैयाँसहित एकजना पक्राउ

काठमाडौँ, २७ असार । काठमाडौँ महानगरपालिका–२२ सुन्धाराबाट स्रोत नखुलेको ३८ लाख रूपैयाँसहित एक जना पकाउ परेका छन् ।

पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–१५ गणेशटोल बस्ने ४८ वर्षीय माधव श्रेष्ठ रहेकाे प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित पक्राउ गरेको हो । प्रहरीले बा प्र२०४८प ८१३० नम्बरको स्कुटर र एक थान मोबाइल पनि बरामद गरेको छ ।

यसैबीच, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका–७ कुमारीगाल बस्ने ५२ वर्षीय मणिराम पौडेललाई पनि प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसुर मुद्दामा जिल्ला अदालत काठमाडौँबाट २०८१ असार १२ गते पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका कुमारीगालबाट पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *