कुकुरलाई पिटेकाे भन्दै ढुङ्गा प्रहार गरेर बुवाको हत्या
नवलपरासी, २ साउन । नवलपरासीकाे बर्दघाट–सुस्तापूर्वमा एकजना व्यक्तिले ढुङ्गा प्रहार गरी आफ्नै बुबाको हत्या गरेका छन् ।
नवलपरासीको कावासोती–५ ठकुरीचोकका १८ वर्षीय निराजन कुमालको ढुङ्गा प्रहार गरी आफ्नै बुबाकाे हत्या गरेकाे हाे ।
प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार आफ्नो घरमा पालेको कुकुरलाई बुबाले पिटेको विषयमा झगडा पर्दा छोराले प्रहार गरेको ढुङ्गा टाउकोमा लागेर ४३ वर्षीय बुबा प्रेम कुमालको घटनास्थलमै मृत्यु भएको हो ।
घटनास्थलमा प्रहरी निरीक्षक विक्रम रिजालको नेतृत्वमा सात सदस्यीय प्रहरी टोली परिचालन गरी हत्यामा संलग्न निराजनलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको उहाँले बताउनुभयो ।