प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिनुहुँदै

काठमाडौं, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिनुहुने भएका छन् ।

नेकपा एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिनुहुने जानकारी दिनुभयाे ।

नेकपा एमालेका अध्यक्ष ओली असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे भने असार ३१ गते उहाँले सपथग्रहण गर्नुभएकाे थियाे ।

धारा ७६ (४) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।
प्रधानमन्त्रीले ६ गते संसदबाट देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम पनि छ ।