बागमतीमा मिलेन मन्त्रालय भागबन्डा, मुख्यमन्त्री दाबी पेश ढिलाइ हुने
हेटौंडा, ७ साउन । बागमती प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डा नमिल्दा मुख्यमन्त्रीमा दाबी गर्न ढिलाइ हुने भएको छ ।
कांग्रेस संसदीय दल नेता बहादुर सिंह लामाले आज १० बजे प्रदेश प्रमुख कार्यालयमा दाबी पेश गर्ने भनिए पनि मन्त्रालय भागबण्डामा सहमति जुट्न नसकेका कारण मुख्यमन्त्रीमा दाबी गर्न केही ढिलाइ हुने भएको हाे ।
मन्त्रालय भागबण्डामा एमालेले ७ वटा मन्त्रालय मागेकाेमा कांग्रेसले ६ वटा मन्त्रालय दिन प्रस्ताव गरेकाले भागबण्डामा सहमति हुन नसकिएकाे एक नेताले बताएका छन् ।
नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेलले मुख्यमन्त्री पदबाट आइतबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादव चन्द्र शर्माले ८ साउन ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गर्नुभएकाे थियाे ।