५ जना नयाँ अनुहारसहित बाग्मतीमा टुङ्ग्यायो एमालेले ६ मन्त्री
काठमाडाैं, ८ साउन । बागमती प्रदेशमा नेकपा एमालेबाट ६ जना मन्त्रीहरू टुङ्ग्याएको छ ।
एमालेले बागमती प्रदेशमा ५ जना नयाँ अनुहारसहित ६ मन्त्रीहरूकाे नाम टुङ्गाे लगाएकाे हाे ।
एमालेले मन्त्रीहरूमा किरण थापा (भक्तपुर), प्रकाश श्रेष्ठ (काठमाडौँ), प्रेम भक्त महर्जन (ललितपुर), सुकमाया तामाङ (सिन्धुली), कृष्ण प्रसाद सिलवाल (चितवन) र अमन कुमार मास्के (काठमाडौँ) को नाम टुङ्ग्याएको हो ।
एमाले उनीहरूको मन्त्रालय भने टुङ्ग्याइएको छैन ।