गण्डकीमा राइड सेयरिङलाई कानुनी मान्यता दिन लागेको विरोधमा सार्वजनिक यातायात बन्द

काठमाडाैं, १३ साउन । गण्डकी प्रदेशमा राइड सेयरिङलाई कानुनी मान्यता दिन लागेपछि सार्वजनिक सवारी सञ्चालकले यातायात ठप्प पारेका छन् ।

गण्डकी प्रदेश सरकारले ल्याउन लागेको राइड सेयरिङसम्बन्धी कार्यविधीको विरोधमा सार्वजनिक सवारी सञ्चालकहरूले प्रदेशभर आइतबार यातायात सेवा बन्द गरेका हुन्।

सार्वजनिक सवारी बन्द हुँदा पोखरासहित गण्डकीका ११ वटै जिल्लामा सार्वजनिक सवारी साधन चल्न सकेका छैनन्।

सार्वजनिक यातायात थप्प भएपछि प्रदेशभर यात्रुहरू अलपत्र परेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका अध्यक्ष केदार पौडेलले रातो नम्बर प्लेटका सवारी साधनले यात्रु बोक्न नपाउने भन्दै आफूहरुले त्यसको विरोध गरेको उनले बताए।

प्रदेश सरकारले रातो नम्बर प्लेटले पनि राइड सेयरिङमार्फत् यात्रु बोक्न पाउने गरी कानुनी व्यवस्था गर्न लागेकाले विरोध गरेको पौडेलले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *