काठमाडौंकाे चुनदेवीबाट एक महिलासहित ९ जना जुवाडे पक्राउ, दश लाख बरामद

काठमाडौं, १५ साउन । काठमाडौंकाे चुनदेवीबाट एक महिलासहित ९ जना जुवाडे पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसरको टोलीले काठमाडौं महानगरपालिका-४ चुनदेवीमा जुवा खेलिरहेको र खेलाएको आरोपमा ९ जनालाई पक्राउ गरेकाे हाे ।

स्थित तीन तले घरको छतमा जुवा खेलेको र खेलाएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी परिसरले जनाएकाे छ ।

घटनास्थलबाट प्रहरीले १० लाख ११ हजार रुपैयाँ नगद र १३ ओटा ओखर बरामद गरेको छ ।

प्रहरी परिसरका अनासार पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका ४६ वर्षीय अशोक लामा, ताप्लेजुङ घर भएका ३८ वर्षीय नारायण लाबुङ, काठमाडौंका २१ वर्षीय कविर देउला, २१ वर्षीय निलेश महर्जन, ४५ वर्षीय राजेश श्रेष्ठ र ३३ वर्षीया सरिता देउला छन् ।

यस्तै, काठमाडौंकै ४८ वर्षीय दीपक महर्जन, ४८ वर्षीय विवेक महर्जन र ५२ वर्षीय प्रकाश शाही पनि पक्राउ परेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *