नयाँ बसपार्कमा बसभित्रै भेटियो पुरूषको शव
काठमाडौं, १६ साउन । नयाँ बसपार्क भित्र रहेकाे बसमा एक पुरूषको शव भेटिएको छ ।
गाेङ्गबुकाे नयाँ बसपार्कभित्र पार्किङ गरेर राखेको बा २ ख २३४४ नम्बरको बसभित्र पुरूषको शव भेटिएको हो ।
उक्त बस विगत २ महिनादेखि पार्किङ गरी राखेको प्रहरीले जनाएकाे छ । मृत भेटिएका व्यक्ति सुनसरी इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय प्रल्लाद अधिकारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।
