काठमाडौंकाे पोडेटोलमा छिमेकी छिमेकीबीच झडप, एक जनाकाे मृत्यु, छजना घाइते

काठमाडौं, १६ साउन । काठमाडौं महानगरपालिका–१७ पोडेटोलस्थित २ नम्बर गल्लीमा छिमेकी छिमेकीबीच विवादले उग्ररूप लिएपछि हतियार प्रहार भएकाे छ ।
छिमेकीकाे हतियार प्रहारबाट ३३ वर्षका अनित पुनारीको मृत्यु भएको हाे । हतियार प्रहारबाट छ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार विवादले उग्ररूप लिएपछि धारिलो हतियार प्रहार भएकाे हाे । घटनामा स्थानीय सुबिन्द्र पोडे, किरण पुजारी, दिनेश पुजारी, माया पुजारी, विक्रम पुजारी, अमृत पुजारी घाइते भएका छन् ।
उनीहरुको शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र पिपुल्स अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । सुजल देउला, अमृत पुजारी, सागर देउला, रबिन्द्र पोडे, कलेनी पुजारी, टिकामाया पुजारी र सञ्जाली पुजारीलाइ प्रहरी बृत्त लैनचौरले पक्राउ गरेकाे छ ।
घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी बृत्त लैनचौरले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।