एमालेमा नेतृत्व हेरफेरपछि कसले के जिम्मेवारी पाए ? (सूचीसहित)
काठमाडौं, १७ साउन । नेकपा एमालेले पार्टीका विभिन्न जिम्मेवारहरुमा नेतृत्व हेरफेर गरेकाे छ ।
नेकपा एमालेकाे बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीका सदस्यहरुकाे कार्यविभाजन, केन्द्रीय कमिटीमा मनाेनयन र प्रदेश इन्चार्ज ताेक्नेलगायत निर्णय गरेकाे हाे ।
बैठकले उपाध्यक्षमा गुरु बराललाई मनोनीत गर्ने निर्णय गरेको छ भने मुकुन्द न्यौपाने र लीलनाथ श्रेष्ठलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ ।
बैठकले पार्टी प्रवेश, महिला र विभिन्न जनवर्गीय सङ्गठनबाट १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । मनोनीतमा सुवास कर्माचार्य ( सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट), जितेन्द्र देव (सप्तरी), रामप्रीत पासवान (सिरहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम) र गोविन्द पुन (सल्यान) रहनुभएको छ ।
यस्तै, केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल (पर्वत), हरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर), सरिता भुसाल–किसान महासङ्घ, प्रभा बराल (कास्की), मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) रहनुभएको छ ।
यस्तै, एमालेले प्रदेश इन्चार्ज पनि हेरफेर गरेको छ । प्रदेश इन्चार्ज हेरफेर शेरधन राईलाई कोशी प्रदेश, लीलानाथ श्रेष्ठलाई मधेस प्रदेश, डा राजन भट्टराईलाई बागमती प्रदेश, किरण गुरुङलाई गण्डकी प्रदेश, पद्मा अर्याललाई लुम्बिनी प्रदेश, गोरखबहादुर बोगटीलाई कर्णाली प्रदेश र लेखनाथ भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज तोकिएको छ ।
हेर्नुस् सूची