साउन २० गते उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा

काठमाडाैं, १८ साउन । काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा साउन २० गते आइतबार सार्वजनिक बिदा हुने भएकाे छ ।

गृह मन्त्रालयले साउन २० गते आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका लागि उपत्यकाभित्रका तीन जिल्लामा बिदा दिने निर्णय गरेको हो।

निर्णय अनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा आइतबार सार्वजनिक बिदा हुनेछ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति निकालेर साउन २० गते तीन जिल्लामा सार्वजनिक बिदा दिइएकाे हाे ।

विज्ञप्ति…..