रास्वपाका तत्कालीन महामन्त्री मुकुल ढकालले बुझाए प्रधानमन्त्रीलाई १५ बुँदे सुझाव (पूर्णपाठसहित)
काठमाडौं, २८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तत्कालीन महामन्त्री डा. मुकुल ढकालले १५ बुँदे सुझाव प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेस गर्नुभएकाे छ ।
डा. ढकालले सोमबार प्रधानमन्त्री ओलीलाई भेटेर सुझाव पत्र बुझाउनुभएकाे हाे ।
डा. ढकालले प्रशासन सुधार, स्थानीय सरकारका भ्रष्टाचार र बेथिति नियन्त्रण, मिटरब्याज पीडितका समस्या समाधान, खानेपानी, सिँचाइ, मल, बजारको व्यवस्थापन गरी किसानका समस्या समाधान गर्न सुझाव दिनुभएकाे छ ।
डा. ढकालले गत जेठ ६ देखि असार ५ गतेसम्म ३८ जिल्ला घुमेर रास्वपामा प्रतिवेदन बुझाउनुभएकाे थियाे । त्यही प्रतिवेदनको अंश पार्टीलाई नबुझाएर मिडियामा चुहाएको भन्दै ढकाललाई रास्वपाले स्पष्टीकरण सोध्दै निलम्बन गरेको थियो ।