मधेश प्रदेशका मुख्यमन्त्री सिंहले गरे ८ राज्यमन्त्री बर्खास्त
काठमाडौं, २९ साउन । मधेश प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीलाई हटाउने निर्णय गर्नुभएकाे छ ।
जम्बो मन्त्रिपरिषद् गठन गरेर विवादमा तानिएपछि मुख्यमन्त्री सिंहले सरकारमा रहेका ८ राज्यमन्त्रीलाई बर्खास्त गर्नुभएकाे हाे ।
मुख्यमन्त्री सिंहले रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह र मोहम्मद जैद आलम, केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल खंग राज्यमन्त्रीमा नियुक्त गर्नुभएकाे थियाे ।
मुख्यमन्त्री कार्यालयका अनुसार हालै नियुक्त हुनुभएका ८ राज्यमन्त्रीलाई बर्खास्त गर्न प्रदेश प्रमुखलाई मंगलबार पत्र पठाइसकिएको छ । केन्द्रको सत्तारुढ दलहरूको सहमतिअनुसार सबै राज्यमन्त्रीहरूलाई हटाउने निर्णय भएको हो ।
गठबन्धनको दबाबमा सिंहले २० सदस्य मन्त्रिपरिषद् बनाएका थिए । अब मुख्यमन्त्रीसहित १२ मन्त्रीहरू मात्र रहेका छन् ।