सडकमा भ्वाङ
ललितपुरको इमाडोलमा सडक भासिएर पर्याे भ्वाङ
काठमाडाैं, ३० साउन । ललितपुरको इमाडोलमा सडक भासिएर भ्वाङ परेकाे छ ।
महालक्ष्मी नगरपालिका वडा नम्बर ३ इमाडोलको बोझेपोखरी जाने बाटोमा आज बिहान सडक भासिएर भ्वाङ परेकाे हाे ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार नयाँपुल हुँदै काठमाडौंसमेत जोडिने उक्त सडकमा भ्वाङ परेर झन्डै तीन मिटर भासिएको छ।
अहिले उक्त सडकलाई पूर्ण रूपमा बन्द गरिएकाे छ ।