सिन्धुलीकाे कमलामाईमा बोलेरो दुर्घटना, दुईजनाको मृत्यु, ११ घाइते
काठमाडौं, ३१ साउन । सिन्धुलीको कमलामाई नगरपालिका-२ मा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
कमलामाईकाे तिनकन्याबाट सदरमुकामतर्फ जाँदै गरेको बा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकाे छ ।
प्रहरसीका अनुसार मृतकको पहिचान खुलेको छैन भने घाइतेहरूकाे उपचारका लागि सिन्धुली अस्पताल पठाएको छ ।