प्रेटाेलियम पदार्थकाे भाउ घट्यो

काठमाडौं, ३१ साउन । नेपाल आयल निगमले प्रेटाेलियम पदार्थकाे भाउ घटाएकाे छ ।

बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको हाे ।

निगमले पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको छ । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागु हुनेछ ।

घटेको मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १६२, डिजेल र मट्टितेल १५२ रुपैयाँ कायम भएको छ ।

त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १६४, डिजेल तथा मट्टितेल १५४ रुपैयाँ कायम भएको छ ।

काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजेल तथा मट्टितेल १५५ रुपैयाँ कायम भएको निगमले एक सूचना मार्फत जानकारी दिएको छ ।