काठमाडाैं महानगरका मेयर बालेन र उपमेयर सुनीताकाे एआई भिडिओ बनाउने युवक पक्राउ
काठमाडौं, २ भदाै । काठमाडाैं महानगरका मेयर बालेन र उपमेयर सुनीतालाई जाेडेर एआई भिडिओ बनाउने युवक पक्राउ परेका छन् ।
प्रहरीको साइबर ब्युरोले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर मेयर बालेन र उपमेयर सुनीतालाई जाेडेर एआई भिडिओ बनाएकाे आराेपमा बाजुराका २२ वर्षीय रमेशबहादुर रावतलाई पक्राउ गरेको हो ।
उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ । उनले विशिष्ट व्यक्तिहरुको पनि फेक भिडिओ बनाउँदै आएकाे स्वीकारेकाे प्रहरीले जनाएकाे छ ।
ती युवकले तीन पार्टीका प्रमुख नेताहरुकाे पनि एआई भिडिओ बनाउने गरेकाे अनुसन्धानबाट खुलेकाे जनाइएकाे छ ।
युवकले सिन्धुपाल्चोकमा मेडिकल व्यवसाय चलाएर बसेकाे प्रहरीले जनाएकाे छ ।