वर्षा संगै गएकाे पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडाैं, ५ भदाै । अविरल वर्षासंगै गएकाे पहिराेले कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

सुर्खेत–जुम्ला सडक खण्ड अन्तर्गत गएराती कालिकोट र हुल्ममा आएको पहिराेले बिहानैदेखि राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सुचना अधिकारी वीर बहादुर जिटीले जानकारी दिए । सो ठाउँमा आएको बाढी पहिराले बन्द भएका सडक खुलाउने काम भइरहेको छ ।

सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी जिटीका अनुसार छिटोभन्दा छिटो सडक सञ्चालनमा आउनेगरी काम भइरहेको छ ।

विशेषगरी वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ।

यी जोखिम ठाउँहरुमा सडकको स्तरउन्नती सम्बन्धि निकायको ध्यान जान नसक्दा बर्षाैदेखि कर्णालीका आम नागरिकले दुख पाउने गरेका छन् ।

सडक बन्द हुँदा जुम्ला,मुगुबाट सुर्खेत,नेपालगन्ज र काठमाडौ जाने सवारीसाधन बिच बाटोमा रोकिदा सयौं यात्रुहरू अलपत्रमा परेका छन् ।