भारतीय पर्यटक बोकेको बस मर्स्याङ्दीमा खस्यो

काठमाडौं, ७ भदाै । भारतीय पर्यटक बोकेको बस पृथ्वीराजमार्गको दमौली मुग्लिङ सडक खण्ड अन्तर्गत आँबुखैरेनीको ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसेको छ ।

पोखराबाट काठमाडौं आउँदै गरेको बसमा ४० जना यात्रु रहेको अनुमान गरिएको छ ।

सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारका लागि घटनास्थल पुगेको छ ।