धरानमा खुकुरी प्रहार गरेर छोरीको हत्या, आमा घाइते

सुनसरी, ११ भदौ । सुनसरीको धरानमा खुकुरी प्रहार गरेर छाेरीकाे हत्या गरिएकाे छ भने आमा सख्त घाइते भएका छन् ।

सङ्खुवासभा खाँदबारी नगरपालिका–२ का ३३ वर्षीय बविन बरालले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा धरान २ का ३३ वर्षीया सिर्जना साहीकी १४ वर्षीय छोरी इनिसा साहीको मृत्यु भएको छ भने आमा सिर्जना सख्त घाइते भएका छन् ।

सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार बराललाइ प्रहरीले पक्राउ गरेकाे छ ।

उपरीक्षक भण्डारीका अनुसार खुकुरी प्रहारबाट आमाछोरी घाइते भएकाेमा उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारका क्रममा छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।