अमेरिकामा मुनालाई डकैतीको क्रममा गोली हानेको खुलासा : आजीवन काराबास वा मृत्युदण्डसम्म हुनसक्ने

 

काठमाडौं, १४ भदौ । अमेरिकाको टेक्ससको हस्टनमा हत्या गरिएकी नेपाली विद्यार्थी मुना पाण्डेलाई लुटपाटको क्रममा हत्या भएको सार्वजनिक भएको छ । डकैती गर्न पेस्तोल लिएर मुना पाण्डेको अपार्टमेन्ट पुगेका थिए बबिसिंह । उनी पटके अपराधी भएको र पटक पटक जेल परेको खुलेको छ ।

बुधवार पक्राउ परेका आरोपी ५१ बर्सका बब्बी सिंह साहको बयानको आधारमा यस्तो खुलासा भएको नेपयोर्कले उल्लेख गरेको छ । बबि बुधबार स्थानीय समयअनुसार राति ९ बजे पक्राउ परेका थिए। त्यसअघि प्रहरीले सिसीटिभी फुटेजबाट प्राप्त भएको अभियुक्तको तस्बिर सार्वजनिक गरेको थियो। लगत्तै बबी बन्दुकसहित पक्राउ परेका थिए।

२६२ औ राज्य जिल्ला अदालतमा बिहीबार ह्यारिस काउन्टीको सरकारी वकिल कार्यालयले बबिविरूद्ध हत्या (क्यापिटल मर्डर) र गैरकानुनी हातहतियार विरूद्धको मुद्दा दर्ता गरेको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।‍

अदालतको अर्को सुनुवाइ अगाडि सेप्टेम्बर ५ अर्थात् भदौ २० मा हुने भएको छ ।

२१ वर्षीया मुना ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ पढ्दै थिइन्। उनी सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *