ललितपुरको च्यासल दोबान खोलामा किशोरी हामफालिन्, अवस्था अज्ञात
काठमाडाैं, १६ भदाै । ललितपुरको च्यासलस्थित दोबान खोलाको पुलबाट एक जना किशोरी खाेलमा हामफालेकी छन्।
आइतबार बेलुकी अन्दाजी ७ बजेकाे समयमा ललितपुर महानगरपालिका-९ च्यासलस्थित दोबान खोलाको पुलमाथिबाट किशोरीले हामफालेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएकाे छ ।
प्रहरीका अनुसार किशोरी अहिले बेपत्ता छन् भने प्रहरीले खाेजिकार्य जारी राखेका छन् । प्रहरीले खोजीका क्रममा रूकुम मुसिकोट घर भई बालकुमारीमा डेरा गरी बस्दै आएकी २० वर्षीया अन्जली शर्मा भन्ने नोट रहेको ब्याग र मोबाइल फेला पारेको छ।