आजदेखि सुरुभयाे सोह्र श्राद्ध(पितृपक्ष), नजिकियाे दशैं

काठमाडौं, २ असाेज। आजदेखि सोह्र श्राद्ध सुरुभएकाे छ । चन्द्रमास पात्रो अनुसार आश्विन कृष्ण पक्षलाई पितृपक्ष अर्थात सोह्र श्राद्ध भनिन्छ।

आमाबुबा नहुनेले यो पक्षभरि नियममा बस्ने र पितृमध्ये एकको तिथिलाई आधार मानेर श्राद्ध गर्ने चलन छ । तिथिमै श्राद्ध गर्न नसके अन्तिम दिन ‍‍औँसीमा गर्ने परम्परा छ।

चन्द्रमासको एक पक्षमा १५ वटा तिथि हुने भएता पनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसी सम्मका १६ वटा तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो।

हिन्दु वैदिक पुराणहरुमा उल्लेख भएअनुसार आश्विन महिनाको कृष्ण पक्ष पितृहरूलाई तृप्त तुल्याउने पक्ष हो, त्यसैले यसलाई पितृपक्ष भनिन्छ।

यस पक्षमा मानिस आफ्ना पितृहरूलाई प्रतिदिन जल तर्पण गर्दै तिनको मृत्युतिथिमा श्राद्ध गर्दछन्।

हिन्दुधर्मावलम्बीहरुमा सोर्ह श्राद्वका बेला श्राद्ध गर्नाले समस्त पितृजनहरूको आत्मालाई शान्ति प्राप्त हुन्छ भन्नेमा बिश्वास रहिआएकाे छ ।

सोर्ह श्राद्व सकिनासाथ नेपालीहरूकाे महान चाड बडादशैंकाे आगमन हुन्छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *