एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरू भएकाे छ: प्रधानमन्त्री ओली

काठमाडाैं, २ असाेज । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा मा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरू भएकाे बताउनुभएकाे छ ।

राष्ट्रिय शिक्षा दिवस, २०८१ मूल समारोह समितिको कार्यक्रमलाई बुधबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले एसइई नतिजा लगभग ७० प्रतिशतसम्म पुर्‍याउन नीतिगत पहल सुरु भइसकेको बताउनुभएकाे हाे ।

उहाँले हाल कायम रहेको शिक्षा क्षेत्रको पछौटेपन हटाउन सरकार लागिपरेको जनाउँदै अनलाइन कक्षाबाट विद्यार्थीलाई मुख्य विषयहरू पढाएर एसइईको नतिजामा उल्लेख्य सुधार गर्न थालिएको बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘एसइईको नतिजामा उल्लेख्य सुधार गर्नुपर्छ भनेर उतीर्ण प्रतिशत बढाउन नीतिगत पहल सुरू भइसकेको छ। हामीसँग कुरा मात्रै गरेर बस्ने समय छैन। शिक्षा, ज्ञान, तप, योग, सभ्यता, संस्कृति रहेको यस भूमिको शिक्षा अब पछाडि परिरहन सक्दैन।’

कार्यक्रममा प्रधानमन्त्री ओलीले उच्चशिक्षा, विद्यालय तह र सामाजिक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने क्याम्पस, विद्यालय र संस्थालाई पुरस्कार वितरण गर्नुभएकाे थियाे ।

प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ जारी भएको दिनलाई आधारमा मानेर पछिल्ला वर्षमा असोज २ गतेलाई शिक्षा दिवस मनाउन थालिएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *