बाल सचेतना केन्द्र नेपालको १३औ वार्षिक साधारणसभा सम्पन्न, विभिन्न व्यक्तित्वहरू सम्मानित
काठमाडाैं, ५ असाेज । बाल सचेतना केन्द्र नेपालको १३औ वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रम काठमाडाैंकाे बौद्ध रामहिटीस्थित साहित्य सदन नेपालको सभाहल सम्पन्न भएकाे हाे । १०१ वर्षीय गाैरी शंकर लालदासकाे प्रमुख अतिथ्यतामा भएकाे हाे ।
बाल सचेतना केन्द्र नेपालले साधारणसभाकाे अवसरमा बाल बालिका, महिला , जेष्ठ नागरिक र विभित्र क्षेत्र र तहमा रहेर राष्ट्रलाई योगदान दिनुभएका, मानव सेवामा रहेर विशेष योगदान पुर्याउनु भएका उच्च व्यक्तित्वहरूलाई योगदानको कदर गर्दै सम्मान सम्मान गरिएकाे हाे ।
स्थापना काल देखिनै बाल बालिका, महिला, जेष्ठ नागरिकको क्षेत्रमा विविध रचनात्मक, सामाजिक तथा सचेतनामुलक कार्यहरू गर्दै आएको यस बाल सचेतना केन्द्र नेपालले भविश्यमा धेरै क्षेत्रमा आफ्नाे कार्य विस्तार गर्ने याेजना बनाएकाे अध्यक्ष बाबुराम फुयालले बताउनुभयाे ।
सम्मानित हुनुहुनेहरूमा बुढानीलकण्ठ नगरपालिकाका उपमेयर अनिता लामा, राजनितिक विश्लेषक प्रा डा सुरेन्द्र केसी, बरिष्ठ कवि विप्लप ढकाल, रेडियाट्रिक चिकित्सक उर्जा भट्टराइ, एजिङ नेपालका सञ्जु थापामगर, नेपाली साङ्गीतिक क्षेत्रका युगिन उस्ताद रत्नमान श्रेष्ठ, अन्नपूर्ण पाेष्टका अखण्ड भण्डारी, बाैद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा, रत्नछत्र फाउण्डेसनका अध्यक्ष समाजसेवी राजेश हिमालय, समाजसेवी सुसिला श्रेष्ठ, चलचित्र लेखक तथा रंगकर्मी जिवन थापालगाएतका सम्मानित हुनुभएकाे थियाे ।
सम्मानित हुनेहरूलाई प्रमुख अतिथी १०१ वर्षीय गाैरी शंकर लालदास तथा संस्थाका संरक्षक विशेष अतिथी नेपाल सरकारका जगदिश बैद्य तथा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले सम्मान गर्नुभएकाे थियाे ।
कार्यक्रममा विशेष अतिथी बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले संस्थाले हालसम्म गरिरहेकाे कार्य उत्कृष्ठ रहेकाे बताउनुभयाे । उहाँले संस्थाले तेर्हाै वर्षमा पुग्दा बाल बालिका, महिला, जेष्ठ नागरिकको क्षेत्रमा विविध रचनात्मक, सामाजिक तथा सचेतनामुलक कार्यहरू गर्दै आएकाेले सबैकाे साथ सहयाेग रहनुपर्ने बताउँदै बुढानीलकण्ठ नगरपालिकाकाे तर्फबाट भरपुर सहयाेग हुने बताउनुभयाे । उहाँले संस्थाकाे उत्तराेतर प्रगतिका साथै आउने दिनमा अझै परिष्कृत बन्नुपर्ने बताउनुभयाे ।
कार्यक्रममा संस्थाका आजिवन तथा साधारण सदस्य, समाजसेवी, बुद्धिजीवी, लेखक, साहित्यकार, कलाकार, पत्रकारलगायत सर्व साधारण महानुभावहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा मानार्थ तथा आजिवन सदस्यता प्रदान, लेखा प्रतिवेदन, कार्यप्रगति, कार्ययोजना पासलगाएत प्रस्तुत गरिएकाे थियाे । कार्यक्रम संस्थाका उपाध्यक्ष नारायणप्रशाद अधिकारी तथा सदस्य अभिलेख उप्रेतीले सञ्चालन गर्नुभएकाे थियाे भने काेषाध्यक्ष सर्मिला उप्रेतीले वार्षिक लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे ।
कार्यक्रम बाल सचेतना केन्द्र नेपालका अध्यक्ष बाबुराम फुयालकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे ।