जाने हैन त खाना महाेत्सव ? टोखामा विश्व पर्यटन दिवसको अवसरमा भाेली सडक खाना महोत्सव

काठमाडौ, १० असाेज । काठमाडाैंकाे टाेखामा विश्व पर्यटन दिवसका अवसरमा ११ गते शुक्रबार एकदिने खाना महाेत्सव आयाेजना गरिएकाे छ ।

टोखा नगरपालिका वडा नं २ र ३ को आयोजना तथा टोखा संस्कृतिक संरक्षण क्षेत्र विकास समिति र नेवा गुठीको ब्यवस्थापनमा एक दिने सडक खाना महोत्सव आयोजना हुनलागेकाे हाे ।

नेवा गुठी टोखाका अध्यक्ष रमेश नापीतले खाना महोत्सवमा काठमाडौंको पर्यटकीय नगरी टोखाका स्थानीय दिदीबहिनीले बनाएका मिठाे नेवारी परिकार चाख्न पाइने बताउनुभयाे । उहाँले महोत्सवमा नेवारी परिकारसंगै स्थानीयले उत्पादन गरेका विभिन्न हस्तकलाका सामग्री प्रदर्शनमा राखिने बताउनुभयाे ।

प्रदर्शनमा टोखा बजार र त्यस आसपासका १००० भन्दाबढी दिदीबहिनी तथा दाजुभाईहरुको सहभागिता रहने छ । टोखा गेट देखी गणेशस्थान मन्दिरसम्म सडक खाना महोत्सवका साथै विविध सांस्कृतिक कार्यक्रम हुन लागेको हो।

स्थानीय पत्रकार सानुराज डंगाेलका अनुसार खाना महाेत्सवसंगै स्थानीय विविध सांस्कृतिक कार्यक्रमहरू पनि रहेकाे जनाउनुभयाे । उहाँले पर्यटकीय नगरी टोखामा स्थानीय पर्यटकका लागि राम्राे गन्तब्य भएकाे बताउँदै पर्यटन प्रवर्धनमा टेवा पुग्ने बताउनुभयाे ।

टोखा नगरपालिका–२ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले आन्तरिक पर्यटन प्रवद्र्धनका साथै स्थानीय परिकारकाे प्रवद्र्धनका लागि महोत्सवको आयोजना गरिएको बताउनुभयाे ।