रत्नछत्र फाउन्डेसनकाे समन्वय र ताइवानी नागरीकको सहयोगमा पहिराेबाट बिस्थापित विपन्न परीवारलाई राहत

काठमाडाैं, ११ असाेज । रत्नछत्र फाउन्डेसनकाे समन्वय र ताइवानी नागरीकको सहयोगमा सिन्धुपाल्चाेककाे तिपेनीमा पहिराेबाट बिस्थापित विपन्न परीवारलाई राहत सामग्री वितरण गरिएकाे छ ।

इन्द्रावतीमा आएकाे बाढी तथा प्राकृतिक प्रकोपबाट बिस्थापित पाँचपोखरी थाङपाल गाउँपालिका १, ६, ७ र ८ का विपन्न परीवारलाई फाउन्डेसनकाे समन्वयमा राहत सामग्री वितरण गरिएकाे हाे ।

ताइवानी नागरीकहरु छ्यु यिहिसु, छ्यु जाेङयू, छ्यु चेन याङ, छ्यु यच चेन, लु युछ्ये, छेन छिच छि, छेङ टुज यू, ल्यु यू हान, छ्यु ह्ये हिसु, छ्यु जुङ यू, चाउ छेन याङ, भाउ ह्य छेन, ल्यु यू छे, छेन छिइ चि,
छेङ तुज यू, ल्यु यू हानको आर्थिक सहयोगमा चाडपर्वको अवसर पारेर फाउन्डेसनकाे समन्वयले खाद्यान्न सहयोग गरेकाे हाे ।

सामाजिक अभियन्ता सुवोध प्रधानकाे सहकार्यमा प्राकृतिक प्रकोपबाट विस्थापित तथा विपन्न परीवारलाई राहतमा चामल एक बाेरा, दाल पाँच किलाे,तेल, नुन, चिनी, मस्याेउरालगायतको अत्याबश्यक खाद्य सामाग्री सहयोग गरिएकाे रत्नछत्र फाउन्डेसनका अध्यक्ष तथा लायन्स क्लव अफ काठमाडाैं फेलाेसिप एफका पूर्व अध्यक्ष राजेश हिमालयले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *