सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्ति सिफारिस
काठमाडौं, ११ असाेज । न्याय परिषद्ले सर्वोच्च अदालतमा दुई जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ ।
शुक्रबार बसेको परिषदको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो ।
संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन भएमा उहाँहरूलाई राष्ट्रपतिले नियुक्त गर्नुहुनेछ ।