बाढीपहिरो प्रभावित क्षेत्र धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीकाे सरूवा

काठमाडौं, १४ असोज । बाढीपहिरो प्रभावित क्षेत्र धादिङ र काभ्रेपलाञ्चाेकका प्रमुख जिल्ला अधिकारीकाे सरूवा गरिएकाे छ ।

गृह मन्त्रालयले धादिङमा मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई र काभ्रेमा उमेश ढकाललाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाएकाे हाे ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार धादिङका प्रमुख राजेन्द्रदेव पाण्डे र काभ्रेका प्रमुख सूर्य प्रसाद सेढाइँ गृहमन्त्रालयमा तानिएको छ ।

मनसुन सक्रिय भएसँगै जोखिमको पूर्वसूचना हुँदाहुँदै सवारी साधन सन्चालनमा प्रशासनले रोक नलगाउँदा धेरै क्षति भएको गृहमन्त्रालयको निष्कर्ष छ ।

मौसम पूर्वानुमान महाशाखाले बेलैमा गराएको सचेतना र सञ्चारमाध्यमबाट त्यसको व्यापक प्रचार प्रसार हुँदाहुँदै सयौँ सवारीसाधन र यात्रुलाई राजमार्गमा निस्किन अनुमति दिँदा मानवीय क्षति धेरै भएको थियो ।