अस्थायी आवास निर्माण गर्न ७ दिनभित्र पहिलो किस्ता उपलब्ध गराउने सरकारकाे निर्णय

काठमाडौं, १४ असाेज । सरकारले बाढी पहिराेबाट आवास गुमाएकाहरुलाई अस्थायी आवास निर्माण गर्न तत्काल राहत उपलब्ध गराउने भएको छ ।

सोमबार बिहान सिंहदरबारमा बसेको समितिको बैठकले अस्थायी अवास बनाउन ७ दिनभित्र पहिलो किस्ता बापतकाे रकम उपलब्ध गराइने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) ऋषिराम तिवारीले जानकारी दिनुभयाे ।

विपद्मा घरवास गुमाएका परिवारलाई अस्थायी आवास निर्माणका लागि ७ दिनभित्र अस्थायी आवास निर्माण अनुदानसम्बन्धी मापदण्ड, २०८१ बमोजिमको अनुदान रकमको पहिलो किस्ता तत्काल उपलब्ध गराउने निर्णय भएकाे प्रवक्ता तिवारीले जानकारी दिनुभयाे ।