मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई १ लाख धरौटीमा छाड्न अदालतको आदेश
काठमाडौं, १५ असाेज । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
साइबर अपराधमा ९ दिनअघि पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई अदालतले १ लाख धरौटीमा छाड्न आदेश दिएकाे हाे ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले साइबर अपराधसम्बन्धी दुईवटा कसुरमा ५०/५० हजार रूपैयाँ (एक लाख रूपैयाँ) धरौटी माग गरेकाे छ । प्रसाईलाई साइबर अपराध सम्बन्धी दुईवटा कसुरमा एकसाथ थुनछेक भएको हो ।
प्रसाईँले विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा ५ वर्षसम्म कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको थियो ।