अखिल (क्रान्तिकारी)को सम्मेलन स्थल तोडफोड, बन्दसत्र स्थगित
काठमाडौं, १६ असाेज । अखिल (क्रान्तिकारी)को कीर्तिपुरमा जारी बन्द सत्र स्थगित भएको छ।
उमेर हद लगाउने कि नलगाउने भन्नेमा विद्यार्थी नेताहरूबीच उत्पन्न विवादले उग्ररूप लिएपछि सम्मेलन स्थलमा कुर्सी तोडफोड र हानाहान भएकाे हाे । तोडफोड पछि बन्दसत्र स्थगित गरिएकाे छ
क्रान्तिकारीका निवर्तमान पदाधिकारी उमेर हद लगाउन नहुने पक्षमा छन् भने अधिकांश प्रतिनिधि उमेर हदको पक्षमा छन्।
विवाद बढेर हुलदंगा भएपछि विद्यार्थी नेताहरू कुर्सी तोडफोड र हानाहान उत्रिएका थिए ।