बाढीपहिराेमा परी मृत्यु हुनेकाे संख्या दुई सय ३३ जना पुग्याे
काठमाडौं, १७ असोज । बाढीपहिराेमा परेर मृत्यु हुनेकाे संख्या २३३ जना पुगेकाे छ । गृह मन्त्रालयका अनुसार बाढीपहिराेमा परेर २२ जना बेपत्ता भएका छन् भने अन्य १६९ जना घाइते भएका छन् ।
मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ ।
सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको तथा अवरुद्ध राजमार्ग मर्मतसम्हार गरी यातायातका साधन सञ्चालन गर्न अथक प्रयास गरिरहेको जनाएकाे छ ।