सुनचाँदीको मूल्य घट्यो, कतिमा भयाे काराेबार ?

काठमाडौ, २१ असाेज । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रूपैयाँले घटेर १ लाख ६० हजार ५ सय रूपैयाँमा कारोबार भएकाे छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी आइतबारको तुलनामा तोलामा ५ रूपैयाँले घटेर १ हजार ९ सय ८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।