विपक्षी दलहरूको बैठक नयाँ वानेश्वरमा सुरु

काठमाडौं, २ कार्तिक । विपक्षी दलका नेताहरुको बैठक संसद भवन नयाँ वानेश्वरकाे लोत्से हलमा सुरु भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको बैठकमा राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदमबारे छलफल भइरहेको छ ।

बैठकमा माओवादी अध्यक्ष दाहाल, उपमहासचिव शक्तिबहादुर बस्नेत, रास्वपा सभापति रवि लामिछाने, उपसभापति डिपी अर्याल र स्वर्णिम वाग्ले, सांसदहरू शिशिर खनाल, सुमना श्रेष्ठ, बिराजभक्त श्रेष्ठ सहभागी छन्।

साथै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सत्तापक्षका महन्थ ठाकुर, आजपा अध्यक्ष प्रभु शाह पनि बैठकमा सहभागी छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *