पाेखरामा निषेधाज्ञा तोडेर रास्वपाको प्रदर्शन, प्रहरीसँग प्रदर्शनकारीकाे घम्साघम्सी

कास्की, ४ कात्तिक । जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधित क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले निषेधाज्ञा तोडेर प्रदर्शन गरेकाे छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले शहिदचोक आसपासका क्षेत्र पूर्वतर्फ वाई चोक (उत्तरपूर्वतर्फ मिलनचोक), पश्चिमतर्फ फिस्टेल गेट (वैदाम), उत्तरतर्फ मालपोत कार्यालय कास्की र दक्षिणमा मुस्ताङ चोक (दक्षिण पश्चिमतर्फ पर्यटन बोर्डको कार्यालय अगाडि ड्यामसाईड) मा निषेधाज्ञा तोकेको छ ।

निषेधित क्षेत्र प्रदर्शन गरिरहेका रास्वपाका कार्यकर्ता र समर्थकलाई प्रहरीले हटाउन खोज्दा प्रदर्शनकारीबीच धकेलाधकेल भएको छ । अहिले पनि रास्वपाका नेता तथा कार्यकर्ता र समर्थकले रवि पक्राउको विरोधमा सहिदचोकमा नाराबाजी गरिरहेका छन् । अहिले त्यहाँ ठूलाे मात्रामा प्रहरी परिचालन गरिएकाे छ ।