प्रधानमन्त्री ओलीले बोलाए सत्तारूढ दलको बैठक
काठमाडाैं, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दलको बैठक बोलाउनुभएकाे छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान ९ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
सरकारको सयदिने कामको समीक्षा, पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीले सत्ता साझेदार दलहरूलाई छलफलका लागि बोलाउनुभएकाे जनाएकाे छ ।
सरकारमा नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी सहभागी छन्।