कञ्चनपुरमा दम्पतीकाे हत्या, प्रहरीले अनुसन्धान गर्दै

कैलाली, ९ कात्तिक । कञ्चनपुरमा एक दम्पतीकाे हत्या भएकाे छ ।

कैलालीकाे लालझाडी गाउँपालिका १ विनाबारीमा रमेश बडायक र उनकी श्रीमती कलमा बडायकको हत्या गरिएको अवस्थामा शव भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धारिलो हतियारको प्रहारबाट उनीहरूको हत्या भएको जनाएकाे छ ।

लालझाडी १ का वडाध्यक्ष प्यारेलाल रानाले राति दम्पतीको हत्या भएको बताए । उनका अनुसार श्रीमान्को टाउको फुटेको अवस्थामा छ भने घरको आँगन रक्ताम्मे छ । महिलाको शव खाट भन्दा तल रहेकाे छ । तालिम प्राप्त कुकुरसहित प्रहरीले अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।