रत्न-छत्र फाउन्डेसनले गरे सिन्धुलीका बाढीपीडितलाई सहयोग, चाडपर्वकाे समयमा खुसी भए गजुरीदहका स्थानीय

काठमाडाैं, १४ कात्तिक । रत्न-छ्त्र हिमालय फाउन्डेसनले गत असाेज ११ र १२ गते गएकाे बाढीपहिराे पीडित सिन्धुलीमा चाडपर्वकाे समय पारेर राहत वितरण गरेका छन्।

सिन्धुपाल्चोकमा रहेकाे रत्न-छत्र फाउन्डेसनकाे समन्वयमा नव फेन्सी लगनखेल, रिज्वान आन्सारी निरज महर्जनको सहयोगमा चाडपर्वकाे समय पारेर सिन्धुलीको सुनकोसी गाउँपालिका १ गजुरीदह का स्थानीय ३५ घरधुरीलाइ राहत सामग्रीका साथै लत्ताकपडा वितरण गरिएकाे हाे ।

फाउन्डेसनका अध्यक्ष तथा लायन्स क्लब अफ काठमाडाैं फेलाेसिप एफका पूर्व प्रेसिडेन्ट राजेश हिमालयले फाउन्डेसनको अगुवाइमा जापान निबासी प्रविण श्रेष्ठको सहयोगमा चामल, दाल,तेललगाएतका राहत सामग्री वितरण गरिएको बताउनुभयाे ।

फाउन्डेसनका अध्यक्ष हिमालयले यसअघि लायन्स क्लबसंग जाेडिएर भूकम्प बाढीपीडितलगाएतका विपद्धमा सहयाेग गर्दै आएका छन्भने विभिन्न विद्यालयमा असहाय तथा कमजाेर आर्थिक स्थिती भएका बालबालिकाहरूलाई सहयाेग गर्दै आइरहेका छन् ।