तनहुँको भानुमा श्रीमानले गरे श्रीमतीको हत्या
तनहुँ, २३ कात्तिक । तनहुँको भानु नगरपालिका–८ गैरीफाँटमा श्रीमानले गरे श्रीमतीको हत्या गरेका छन् ।
४२ वर्षीय ओमनारायण श्रेष्ठले ३९ वर्षीय श्रीमती प्रतिक्षा श्रेष्ठको हत्या गरेका हुन् । श्रेष्ठले बिहीबार बन्चरो प्रहार गरी हत्या गरेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।
बन्चरोको प्रहारबाट घाइते श्रेष्ठलाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।
हत्या अभियुक्त श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घरायसी झगडाका कारण घटना भएको प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।