भक्तपुरमा खुट्टा बाँधिएकाे अवस्थामा वृद्धाको शव भेटियो
काठमाडौं, २९ कात्तिक । भक्तपुरमा खुट्टा बाँधिएको अवस्थामा एक स्थानीय महिलाकाे शव भेटिएको छ ।
भक्तपुर नगरपालिका–३ स्थित दरवारस्क्वायर इछुगल्लीमा बुधबार बेलुकी सवा ५ बजे आफ्नै घरमा ९४ वर्षीया विष्णु कुमारी त्वयनाको शव खुट्टा बाँधिएको अवस्थामा भेटिएको हो ।
उनको शव आफू सुत्ने कोठामा कपडाले दुबै खुट्टा एकै ठाँउमा बाँधिएको अवस्थामा फेला परेको भक्तपुरका प्रहरी प्रवक्ता ढुण्डीराज न्यौपानेले बताउनुभयाे । उनी आफ्नै घरको चौथो तल्लामा एक्लै बस्दै आएकी थिइन् ।
घटनास्थलमा जिल्ला प्रहरी परिसर भक्तपुर र कुकुर सहितको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान अघि बढाएकाे छ भने मृतककाे शव पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट पठाइएकाे छ ।