एनपीएलकाे खेल तालिका सार्वजनिक

एनपीएलमा पहिलो खेल जनकपुर र बिराटनगरबीच हुने

काठमाडौं, ३ मङ्सिर । मङ्सिर १५ गतेदेखि हुने नेपाल प्रीमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रीकेट संघ (क्यान) ले सोमबार एनपिएलको खेल तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक गरेको तालिकाअनुसार पहिलो खेल मंसिर १५ गते जनकपुर बोल्टस र विराटनगर किंग्सबिच हुनेछ ।

मंसिर १७ गतेदेखि दैनिक २ खेल हुनेछ । पुस ३ गतेदेखी प्लेअफका खेल हुनेछ । फाइनल खेल पुस ६ गते हुनेछ । एनपीएलमा ८ फेन्चाइच टोली सहभागी छन् ।

मङ्सिर १६ गते उपनिर्वाचन भएकाले खेल नराखिएकाे क्यानले जनाएकाे छ ।