आज नेकपा एमालेको जागरणसभा, प्रधानमन्त्रीओलीले सम्बोधन गर्ने

काठमाडौं, ७ मङ्सिर । नेकपा (एमाले) ले आज काठमाडाैंमा जागरणसभा गर्दैछ ।

काठमाडाैंकाे दरबारमार्गमा जागरणसभालाई पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ ।

जागरणसभाकाे जुलुस भद्रकालीबाट सुरूभएर न्युरोड गेट, वीर अस्पताल, रत्नपार्क, त्रिचन्द्र क्याम्पसहुँदै दरबारमार्गमा पुगेर कोणसभामा परिणत हुनेछ ।

जुलुस बिहान साढे ११ बजे सुरू भएर १२:३० बजे दरबारमार्गमा पुगेर सभामा परिणत हुनेछ ।