२ किलो सुनसहित रसुवाबाट एक जना पक्राउ
काठमाडौं, ७ मंसिर । २ किलो सुनसहित रसुवाको कालिका गाउँपालिका–१ ग्राङबाट एक जना पक्राउ परेका छन् ।
सुनसहित पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम रहेकाे जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी केशव भट्टराईले बताउनुभयाे।
प्रहरीका अनुसार कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४३ प २४३४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक लामाले जुत्ताको सोलमा लुकाएको अवस्थामा सुन बरामद भएको हाे ।
प्रहरीले सोनामलाइ आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको डीएसपी भट्टराईले जानकारी दिनुभयाे ।