प्रधानमन्त्री ओलीले भन्नुभयाे कम्बोडियामा मात्रै किन? अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो

काठमाडौं, ७ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार भ्रष्टाचार गर्न नबनेकाे भन्दै ०८४ को मंसिरसम्म अहिलेकै वर्तमान समीकरण रहिरहने बताउनुभएकाे छ ।

काठमाडौंमा आयोजित जागरण सभालाई सम्बोधन गदै अध्यक्ष ओलीले अहिलेको सरकारलाई कसैले हल्लाउन नसक्ने दावी गर्दै कुनै पनि भ्रममा नपर्न आग्रह समेत गर्नुभएकाे छ ।

उहाँले भन्नुभयाे तपाईंहरु एमालेप्रति औला उठाउँदै हुनुहुन्छ, साँचै बहस गर्न सक्नुहुन्छ । तथ्य प्रमाणको आधारमा बहस गर्न सक्नुहुन्छ ? भन्दिए त भोनी, कम्बोडियामा ३२ हजार करोड, २१ हजार करोड स्वीस बैंकमा, तपाईंहरु हेर्न जान सक्नुहुन्न, भन्दिए भो । अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो । भन्दिनका लागि, फाल्तु कुरा गर्नुको अर्थ छैन ।’

उहाँले आरोपका लागि आरोप लगाउने प्रवृत्ति रहेको उल्लेख गर्दै तथ्य प्रमाणका आधारमा बहस गर्न चुनौती दिनुभयाे ।