देशको हितको लागि चीन जान लागेको हाे, घुम्नको लागि मात्र हैन : अध्यक्ष ओली
काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण सफल हुने बताउनुभएकाे छ ।
प्रधानमन्त्री ओलीले काठमाडौंको दरबारमार्गमा शुक्रबार आयोजना गरिएकाे जागरणसभालाई सम्बोधन गर्नुहुँदै आगामी १७ गतेबाट हुने चिनको भ्रमण अत्यन्तै सफल हुने बताउनुभयाे ।
उहाँले भन्नुभयाे, ‘चीन भ्रमण अत्यन्त सफल रहनेछ । यो कुरा फर्केर आएपछि थाहा पाउनुहुनेछ ।’ चीन भ्रमण केवल घुम्नका लागि नभई देश र जनताको हितमा केन्द्रित हुने उनले स्पष्ट पार्नुभयाे ।