रोल्पामा झोलुङ्गे पुलको पर्खाल भत्किएर पुरिँदा पाँच जनाको मृत्यु

दाङ, १६ मङसिर । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किएर पुरिँदा पाँच मजदुरको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरिक्षक कुबेर कठायतका अनुसार सुनछहारी गाउँपालिका–३, गाममा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा सोही ठाउँका ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देवीराम परियारको मृत्यु भएको हाे ।

निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किएर उनीहरू पुरिएका थिए । मौलाबाङ र बाहिरी गाम जोड्न झोलुङ्गे पुल निर्माण भइरहेको थियो ।

पुल निर्माणमा सात मजदुर खटिएका थिए । पर्खाल भत्केएपछि दुई मजदुर भाग्न सफल भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *