एमाले सचिवालय बैठक मङ्सिर २५ गते बस्ने

काठमाडौँ, २२ मङ्सिर । नेकपा एमालेकाे केन्द्रीय सचिवालय बैठक यही मङ्सिर २५ गते बस्ने भएको छ ।

पार्टी कार्यालयका सचिव डा भीष्म अधिकारीले मङ्सिर २५ गते दिउँसो ४ बजे सचिवालय बैठक डाकिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।

बैंठक ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने छ ।