मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अनुमति

काठमाडौं, २३ मङ्सिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ ।

प्रहरीको केन्द्रीय साइबर ब्यूरोको हिरासतमा रहेका प्रसाईंलाई अनुसन्धानका लागि थप ३ दिन म्याद थप भएकाे हाे ।

भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ परेका प्रसाईंविरुद्ध विद्युतीय अपराध कसुरमा अनुसन्धान भइरहेकाे छ ।

ब्यूरोका अनुसार विभिन्न व्यवसायीहरुलाई धम्कयाएको कसुरमा पक्राउ परेका झापाका हरिचन्द्र फुयालसँग प्रसाईंको कनेक्सन देखिएपछि उनीविरुद्ध पनि आपराधिक लाभको कसुरमा पक्राउ पुर्जी जारी भएको जनाएकाे छ ।

ब्यूरोले अहिले प्रसाईंविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडिया लगानी गरेको भनेर दिएको भ्रामक अभिव्यक्तिमाथि अनुसन्धान गरिरहकाे छ ।